पोखरामा पहिरो जाँदा २ घरमा क्षति, दुईजना सामान्य घाइते

पाेखरा | साउन १४, २०८०

पोखरामा पहिरो जाँदा २ घरमा क्षति, दुईजना सामान्य घाइते

पोखरा:   पोखरा महानगरपालिका १८ मिरुवामा गएराति पहिरो जाँदा २ घरमा क्षति पुगेको छ । 


गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा १८ मिरुवामा पहिरो जाँदा २ घरमा क्षति पुगेको छ भने २ जना सामान्य घाइते भएका छन्  । 


पोखरा महानगरपालिका १८ सराङकोट डाँडामा गएराति पहिरो जाँदा मिरुवाका दुई घरमा क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


बैदाम प्रहरीका अनुसार गएराति १२ बजेर ५ मिनेट पहिरो जाँदा ५० वर्षीय मइत्कुमारी हमाल र ४७ वर्षीय सुन्दरश्याम अधिकारीको घरमा क्षति पुगेको हो । पहिरोले अधिकारीको घर पूर्ण रुपमा क्षति पु¥याएको छ भने हमालको घरमा पनि पहिरोले क्षति पु¥याएको छ । 


प्रहरीका अनुसार घर भिरालो स्थानमा भएकाले पहिरोको जोखिम भएकाले दुवै घरमा बस्न नमिल्ने जनाएको छ । घरमा पहिरोले क्षति पु¥याउँदा हमाल र अधिकारी सामान्य घाइते भएका छन् । उनीहरुले अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । 


 

काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ ।   शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...

थप पढ्नुहोस्

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्